शुक्रबार, चैत्र १६, २०८०

विद्यमान सङ्क्रमणकालको व्यवस्थापनका लागि स्थानीय निकायको निर्वाचन : उपप्रम सिंह

काठमाडौँ कात्तिक २, उपप्रधान मन्त्री प्रकाशमान सिंहले  रासससङग कुरा गर्दै  विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणका कार्य dpmअवरुद्ध हुनुको अलवा आर्थिक अनियमितताले चरमसिमा नाघेको उल्लेख गदै स्थानीय स्वायत्त शासन ऐनको संशोधनलगत्तै स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ ।

त्यस्तै स्थानीय निकायमा हुँदै आएको आर्थिक अनियमितता रोक्दै आयव्ययको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट गराउने गरी ऐनमा संशोधन गर्न लागिएको जानकारी दिदै उपप्रम सिंहले ऐनलाई अझ समावेशी बनाउन स्थानीय निकायमा महिलाको अनिवार्य सहभागिता ४० प्रतिशत हुनुपर्ने संशोधनको प्रस्ताव पेस गरेको बताउँदै मुलुकमा विद्यमान सङ्क्रमणकालको व्यवस्थापनका लागि पनि तत्काल स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताउँनु भएको छ ।