शुक्रबार, बैशाख १४, २०८१

सूचना विभागका निर्देशक चालिसेको निधन

काठमाडौ असोज १६, सूचना विभागका निर्देशक श्याम चालिसेको हृदयघातका कारण आज साँझ निधन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह shyamप्रधानमन्त्री सुशील कोइरालाले गरेको पत्रकार सम्मेलनमा स्वागत मन्तब्य दिएलगत्तै बेहोस भएका ५७ वर्षीय चालिसेको त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बुझिएको छ ।