शुक्रबार, चैत्र १६, २०८०

राष्टाध्यक्ष डा यादवद्वारा राजधानीको विभिन्न शक्तिपीठको पूजाआराधना

काठमाडौ  असोज १६ ,  आज बडा दसैंको आठौ दिन अर्थात महाअष्टमी पर्व मुलुकभरनै दुर्गा भवानीको पूजा अचना गरि मनाइदै छ भने शक्तिपीठहरुमा पूजाआजा गर्नका राष्ट्रपति डा रामवरण लागि बिहानैदेखि दर्शनार्थीहरुको ठूलो भीड लागिरहेको छ । यसै क्रममा मुलुकका राष्टाध्यक्ष डा. रामवरण यादवले पनि आज उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठहरुमा गई शक्ति स्वरुपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गर्नुभएको छ ।

पूजाआराधना तथा दर्शनको क्रममा राष्टाध्यक्ष डा यादवले राजधानीको नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायतका शक्तिस्वरुपा देवीको दर्शन गर्नुभएको थियो ।