शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रको अखण्डता,सार्वभौमतालाई हितमा राखी राज्यको पुनः संरचना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ असोज  २३,  राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणका क्रममा दलबीचमा देखिएको मतभिन्नताप्रति चिन्ता व्यक्त गर्दै छिटोभन्दा छिटो वार्ताका  माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ । हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डा यादवले यस्तो आग्रह गनु भएको हो ।

त्यस्तै उहाँले भन्नुभयो, राष्ट्रको अखण्डता, सार्वभौमतालाई सर्वोत्तम हितमा राखी राज्यको पुनः संरचना गर्न दलहरू आग्रह गर्दै नेपाली जनताले छिटोभन्दा छिटो संविधान चाहिरहेका छन्, दलहरूले जनचाहनालाई आत्मासात गन अव  ढिलाइ गर्न नहुनेमा जोड दिनु भएको थियो ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले मन्त्रालयले आँखा उपचारका लागि छुट्टै नयाँ नीति ल्याउने सरकारको तयारी रहेको जानकारी दिनुभएके उक्त कायक्रममा तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रीता गुरुङ, बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा आनन्दकुमार श्रेष्ठ, बिपीआ��� फाउन्डेशनका कार्यकारी निर्देशक डा मदनप्रसाद उपाध्याय लगायतले दिवसको आवश्यकता र महत्वमाथि प्रकास पार्नुभएको थियो ।