शुक्रबार, बैशाख ७, २०८१

पटकपटक अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसद्को बैठक आजबाट सुचारु

प्रमुख तीनलदलवीच फेरि अर्को ५ बुँदे सम्झौता

काठमाडौं असोज २२ , प्रमुख राजनीतिक दलहरुबीच प्रमुख तीनलदलवीच भएको  ५ बुँदे सम्झौता भएपछि   पटकपटक अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसद्को बैठक आजबाट सुचारु भएको छ । bicc1800269_4719122912908_8910325474393010838_nएमाओवादीसहित मधेसवादी र साना दलले यसअघि पटक पटक ४ बँदे सम्झौताको कार्यान्वयनको माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गदै आएका थियो ।

आजको बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री नरहरि आचार्यले प्रतिपक्षले उठाएका मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि व्यवस्थापिका संसद्को बैठकमा हुँदै आएको अबरोधले निकास पाएको हो ।

त्यस्तै आजै अवरुद्ध व्यवस्थापिका संसद्को बैठक एवम् संविधन लेखनको क्रममा विवादित बन्दै आएको प्रमुख विषयहरुमा सहमति बनाउँन भन्दै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।  संसद् सुचारु भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले मन्त्रीमण्डलमा हेरफेर भएको नामावली र मनोनीत सभासदलाई विभिन्न समितिमा मनोनयन गरेको जानकारी गराउँनुका अलावा संविधानसभा निर्वाचनमा भएको धाँधली छानबिन आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।