शुक्रबार, बैशाख १४, २०८१

बेलकोटमा दुर्घटना मर्नेको सख्या १४ पुग्यो

नुवाकोट कात्तिक ७, काठमाडौँबाट रसुवा जान लागेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइतेको सङ्ख्या बढिरहेको र सम्पर्कमा आउने क्रम जारी रहेकाले मृतकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको नुवाकोट प्रहरीले जनाउँदै  दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश महिला रहेको र घटनालगत्तै यात्रु र स्थानीयले उद्धार गरी मृतक तथा बिरामीलाई अस्पतालतर्फ लगेकाले पहिचानमा समस्या भएको जनाएको छ । प्रहरीका अनुसार दुघटनमा दुर्घटनामा दुईजना इजरायली र एकजना स्पेनका नागरिकको पनि मत्यु भएको जनाएका छ भने २ दर्जन भन्दा बढी यात्रु घाइते भएको बताएको छ।

घाइते भएका अधिकांशको अवस्था गम्भीर रहेको छ । घाइते भएकामध्ये त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक जना, जनमैत्री अस्पतालमा तीनजना, ग्रिनसिटी अस्पतालमा १७ जना, न्युरो अस्पतालमा चार जना र मेगा अस्पतालमा तीन जनाको त्यस्तै गरि नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा घाइतेहरूको उपचार भइरहेको छ ।
त्यस्तै दुर्घटनामा परी बसका चालक नुवाकोट बेलकोटका दीपक तामाङको पनि खुट्टा भाँचिएको छ भने गाडी धनी नुवाकोट गेर्खुका कवीन्द्र श्रेष्ठको शरीरमा विभिन्न अङ्गमा चोट लागेको अवस्थामा काठमाडौँमा उपचार भइरहेको थाहा  भएको छ।

 Photo From Jajadiswor Narsingh kc facebook