मङ्लबार, बैशाख ११, २०८१

नुवाकोटको आरुवोटेमा भएको यात्रुबाहक बस दुर्घटनाप्रति नुवाकोट काँग्रेसद्दारा दुःख व्यक्त

काठमाडौ कात्तिक ७, काठमाडौँबाट रसुवाको धुन्चे जाँदै गरेको बा२ख २२६६ नम्बरको यात्रुबाहक बस नुवाकोट जिल्लाको बेलकोट गाविस आरुवोटेमा आज बिहान 1959410_880884015257612_3200942666906614077_nघटनास्थलमै आठजनाको ज्यान जाने गरि भएको यात्रुबाहक बस दुर्घटना प्रति नुवाकोट काँग्रेसले दु :ख व्यक्त गरेको छ ।

नुवाकोट काँग्रेसका सभापति एवम सभासद जगदिश्वरनरसिहं केसीद्धारा जारी विज्ञप्तिमा सभापति केसीले चाड पर्व तथा आफ्नो व्यक्तिगत कार्य सम्पादको क्रममा आफन्तकोमा जान लान क्रममा रहेका यात्रुहरु सवार रहेको उक्त यात्रवाहक बस दर्घटनामा परि दिवङगत हुन भएका स्वदशी एवम विदेशी यात्रुहरुको आत्माको चिरशान्तिको कामना गर्दै सम्बद्ध परिवाजन प्रति समवेदना प्रकट गरेको छ ।

त्यस्तै दर्घटनामा परि घाइते भएका यात्रुहरुको अविलम्ब प्रभावकारी निशुल्क उपचारको व्यवस्था मिलाउँन पनि नुवाकोट काँग्रेसले नेपाल सरकारसङग माग गर्दै यस्तो भयानका दुर्घटनाको श्रुखला रोक्न व्यवस्थित एवम् समूचित प्रवन्ध मिलाउँन पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।