बिहिबार, चैत्र १५, २०८०

कार्तिकेय बालप्रतिभा पुरस्कार अभिषेक र रुपेन्द्रलाई

abhishek khulalKartikeya award wommerकाठमाडौं कात्तिक ७/ माधव अधिकारी,    बालसाहित्य लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट विगत १३ वर्षदेखि प्रदान गरिँदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार वर्ष २०७१ का लागि दुईजना चित्रकार बालकहरुलाई प्रदान गरिएको छ । पनौती, काभ्रेका ११ वर्षीय अभिषेक खुलाल र ललितपुरका १७ वर्षीय रुपेन्द्र वैद्यलाई बालप्रतिभा पुरस्कार प्रदान गरिएको हो । बालसाहित्यको क्षेत्रमा नयाँ चित्रकारलाई हौसला प्रदान गर्न यस वर्ष दुवै चित्रकला विधाका प्रतिभालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष मोहन कार्कीले बताए । पुरस्कृत प्रतिभालाई जनही ५ हजार ५ रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
समाजका प्रतिभाशाली बालबालिकाको पहिचान गरीसबैलाई उनीहरुको प्रतिभा प्रवर्धनकालागि सहयोग गर्न आब्हानसहित पुरस्कार दिन शुरु गरिएको कोषका सचिव महेश पौड्यालले बताए ।
बालसाहित्य लेखनमा वि. सं. २०५३ मा पहिलो कृति प्रकाशित गरेका लेखक घिमिरेको नेपाली, अंग्रेजी र मराठी भाषामा गरी ५१ वटा बालसाहित्य कृतिहरु प्रकाशित छन् । उनको पचासौं कृति हात्ती हरायो बुक प्यालेस प्रकाशनबाट र एकाउन्नौं कृति नयाँ पाहुना कथालय प्रकाशनबाट प्रकाशित छ ।

“चित्रकलामा नयाँ पहिचान बनाउनेछु”Rupendra Vaidya,KartikeyaAward winner
यदि मैले यो चित्रकला क्षेत्रमा अवसर पाएँ भने म आफूले सक्दो प्रयास गरेर आफ्नो रुचिलाई आफनो जीवनको लक्ष्य नै बनाउने छु । म आफनो रुचिलाई अझै तिखार्दै लैजाने छु । म यस क्षेत्रमा आफ्नो एक नयाँ पहिचान बनाउने छु । आफूलाई एक सक्षम व्यक्तिको रुपमा यो क्षत्रबाट चिनाउने छु । म यस क्षेत्रमा आफूले सक्दो योगदान दिने कोसिसमा छु । म मेरो सफलतालाई आफूमा मात्र सीमित नराखी आफ्नो साथीभाइहरुलाई पनि सहयोग पु¥याउने छु । उनीहरुलाई पनि एक नयाँ बाटो देखाउने छु र यस क्षेत्रको एक सक्षम कलाकार बन्ने छु ।