शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री कोइरालाले विजया दशमीको शुभकामना दिदै भने -लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प छैन

काठमाडौ असोज १७, वर्ष २०७१ को विजयादशमीका उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिदै प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत sushil_koiralaविकासका लागि नेपाली जनताले झन्डै ६० वर्षसम्म गरेको आन्दोलन र सङ्घर्षका उपलब्धिलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हरेक नेपालीले सहयोग गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले एक्काइसौंँ शताब्दीमा नेपाली नागरिकलाई सुखसुविधा दिन धेरै काम गर्नुपर्ने खाँचो रहेको जनाउँदै स्वदेशमा नै लगानीका अवसर सिर्जना गरी रोजगारी सिर्जना गर्न तथा समस्त नेपाली नागरिकलाई योग्य, सक्षम, सुखी, समृद्ध बनाउने कार्यका लागि निर्धारित समयमा नै लोकतान्त्रिक संविधान जारी गर्नुके विकल्प नभएको उल्लेख गर्नु भएको छ।