शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ बकर इदको अवसरमा प्रम कोइरालाद्दारा अभिव्यक्त शुभकामना

काठमाडौ असोज २०, इस्लाम धर्मावलम्बीहरुले इदउल फित्रपछि मनाउँने अर्को ठूलो पर्व बकर इद (इदउल अजहा) आज नेपाल लगायत विश्वभर रहेका मुश्लिम समुदायले susil koiधुमधामका साथ  मनाउँदै छन् ।

यसै अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्ममा आस्था राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपाल अनेक भाषा, धर्म, संस्कृति, वेशभूषा र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै प्रम कोइरालाले आफ्नो शुभकामना सन्देसमा बकर इद हर्षोल्लासपूर्वक सम्पन्न होस् भन्ने शुभेच्छासहित संविधानसभाबाट संविधान लेखनको कार्य भैरहेको यस ऐतिहासिक अवसरमा नेपालको नयाँ जारी हुँने संविधानमा धार्मिक र सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।