शनिबार, बैशाख १५, २०८१

डोटी बस दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं असोज २१,  डोटी बस दुर्घटनाको छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहससचिव रविन्द्रनाथ श्रेष्ठको संयोजकत्वमा पाँच doti-district-map-of-nepalसदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासङ्घको प्रतिनिधि रहने गरी समिति गठन गरेको हो । त्यस्तै गठित समितिलाई उक्त दुर्घटनाको कारण दोषीको पहिचान गरी १५ दिनभित्र आफ्नो प्रतिवेदन मन्त्रालय समक्ष पेस गर्न निर्देशन दिइएको छ ।