बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर असोज २१, विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति डा रामवरण यादव आज अपराह्न ४ बजे भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर images8जानुभइ नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी, उद्योग मन्त्री महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही रु. ५०० का दरले दक्षिणा दिनुभएको थियो । आज अपराह्न ४ बजे मन्दिर आइपुग्नु भएका राष्ट्रपति डा यादव करिब आधा घण्टापछि मन्दिरबाट बाहिरिनु भएको थियो ।