शुक्रबार, बैशाख १४, २०८१

अर्बुद रोग निवारण अभियानका अभियन्ता प्राडा अञ्जनीकुमारको निधन

काठमाडौ असोज २१, अर्बुद (क्यान्सर) रोग निवारण अभियानका अभियन्ताका रुपमा निरन्तर बमबम सक्रिय रहनु भएका प्राडा अञ्जनीकुमार शर्माको आज साँझ ८६ AnjaniKumarsharmaवर्षको उमेरमा निधन भएको छ ।  प्रोस्टेड ग्ल्यान्डको क्यान्सरबाट पीडित शर्माको चावहिल मित्रपार्कस्थित उहाँकै निवासमा निधन ुभएको पारिवारिकास्रोतले जनाएको छ ।

उहाँ नेपाल लायन्स क्लबका पहिलो डिस्ट्रक गभर्नर, नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष, अर्बुद रोग निवारण संस्थाका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।  प्राडा शर्माको श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।