शुक्रबार, बैशाख १४, २०८१

चालू आर्थिक वर्षको विनियोजन विधेयक २०७१ पारित

काठमाडौ असोज २८, व्यवस्थापिका–संसदको आजको बैठकले चालू आर्थिक वर्षको विनियोजन विधेयक, २०७१ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. रामशरण sambidhan)महतले सो विधेयकलाई पारित गर्न बैठकमा प्रस्ताव गर्नुभएको थियो । यसअघि विनियोजन विधेयक २०७१ माथि उठेका सभासदहरुको प्रश्नको जवाफ प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले दिएपछि विनियोजन विधेयक छलफल सम्पन्न भएको व्यवस्थापिका–संसदका सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी  दिदै   विनियोजन विधेयक पारित भएपनि आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरिने कार्य योजना सरकारको रहेको उहाँले जानकारी दिनु भएको छ।

त्यस्तै व्यवस्थापिका–संसदको आजको बैठकमा आर्थिक वर्ष २०७१/ ७२ को विनियोजन विधेयकमाथिको छलफलमा रक्षा, विज्ञान तथा प्रविधि, वातावरण, सहकारी तथा गरिबी निवारण, राट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री सुशील कोइरालाले जनचाहना अनुरुप संविधान निर्माण गरी मुलुकमा शान्ति स्थापना गर्न र दिगो विकासका कार्यक्रमहरू अघि बढाउन वर्तमान सरकार प्रतिबद्व रहेको बताउनुभएको थियो ।

त्यस पछि बैठकले अर्थमन्त्री डा। महतले आर्थिक विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको हो । व्यवस्थापिका–संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्नेछ ।