शुक्रबार, बैशाख १४, २०८१

अदालतले गरेको फैसला मात्र आफूलाई स्वीकार्य : निरौला

काठमाडौ कात्तिक ६, व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निलम्बनका लागि निर्देशन दिएपछि नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास suvasनिरौलाले समिति आफ्नो क्षेत्राधिकार बाहिर गएकोे आरोप लगाउनुभएको छ ।  बोर्डभित्र भ्रष्टाचार र आर्थिक अनियमितता भएको भन्दै समितिले बुधबार उहाँलाई कारबाहीका लागि निर्देशन दिएको हो ।

कामु कार्यकारी निर्देशक निरौलाले आज पत्रकार सम्मेलन गरी आफूले संसदीय समितिको सम्मान गर्ने भए पनि क्षेत्राधिकार नाघेर निर्देशन दिइएकोले पद नछाड्ने अडान राख्नुभयो ।  बोर्डभित्रको विषय अदालतमा विचाराधीन भएकाले अदालतले गरेको फैसला मात्र आफूलाई स्वीकार्य हुने उहाँले बताउनुभयो ।