शनिबार, बैशाख १५, २०८१

शोभराजलाई सर्वस्वसहित जन्मकैद

Charls-Shovarajभक्तपुर असोज १, क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।  विसं २०३२ साल पुस ६ गते क्यानेडियन नागरिक क्यारियरको हत्या गरेर लाशलाई टुक्रा पारी भक्तपुरको मनोहरा खोला र नंखेल गाविस पलाँसेमा फ्याकिएको अबस्थामा भेट्टाइएको थियो । २०६० सालमा काठमाडौंबाट शोभराज पक्राउ परेपछि उनी विरुद्ध हत्या अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो ।