शनिबार, बैशाख १५, २०८१

व्यवस्थापिका–संसद्को बैठक सातौ पटक अवरुद्ध

काठमाडौ भाद्र २९, व्यवस्थापिका–संसद्को आजको बैठकपनि प्रतिपक्षी दलको अवरोधका कारण सातौँपटक स्थगित भएको छ । बैठक सुरु हुने 40643ecdfcf3ac8836355f8c6ee20e1bवित्तिकै तराई–मधेस सद्भावना पार्टीका सभासद् महेन्द्रराय यादवले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्न सरकारले कुनै पनि पहल नगरेको र सभामुख सुवासचन्द्र नेम्वाङले पटकपटक गरेको निर्देश समेत सरकारले कार्यान्वयन नगरेको भन्दै प्रमुख राजनीतिक दलहरुबीच गत पुस ९ गते भएको चारबुँदे सहमति कार्यान्वयन नभएसम्म संसद बैठक चल्न नसक्ने बताउँदै गर्दा सभासदहरु आ आफ्नो कुर्सीबाट उठेका थिए ।

त्यसपछि प्रतिपक्षी दलको अवरोधकाबीच सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै सभामुख नेम्वाङले बैठक स्थगित भएको जानकारी गराउँदै भाद्र ३० गते साँझ ५.०० बजे बैठक बस्ने गरी व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन गनु भएको थियो ।