बुधबार, बैशाख १२, २०८१

राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदन २०७१ उपरको छलफल आज पनि जारी रहने

काठमाडौं भाद्र ३०,  संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदन २०७१ माथिको जारी छलफलका लागि आज पनि संविधानसभाको 40643ecdfcf3ac8836355f8c6ee20e1bबैठक बूने भएको छ । संविधानसभाको बैठकमा केही दिनदेखि सभासदहरुले संवाद समितिको प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको कारण त्यसैके निरन्तरता स्वरुप अव पनि बैटकबस्ने लागिको संसद सचिवालयले जनाएकोछ ।

संविधानसभामा छलफल गरिसकेपछि सहमति भएका बिषयलाई मस्यौदा समितिमा मस्यौदाका लागि पठाईने छ भने विमतिका विषयलाई सहमति जुटाउनका लागि फेरी संवाद समितिमै पठाउने तयारी भईरहेको छ । तर काङग्रेस एमालेका कतिपय सभासद्ले भने सहमतिको नाममा समय खेर फाल्नुभन्दा मतदानको प्रक्रियामा गएर विवादित बिषय टुङग्याउनुपर्ने धारणा राखिरहेका छन् ।

यसैबीच व्यवस्थापिका संसदको बैठक आज साँझ ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको छ । यसअघि भएको चार बुदेँ सहमति कार्यान्वयनको माग गर्दै विपक्षीहरुले आज पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् । विपक्षीको अवरोधका कारण संसद बैठक लागातार स्थगित हुदै आइरहेको छन ।