शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रसङ्घको ६९ औं महासभामा सम्बोधन गर्दै प्रम कोइरालाले भने -संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न प्रतिवद्ध छु

अमेरिका असोज ११,  प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसङ्घको ६९ औं महासभालाई गएराति सम्बोधन गर्नुभएको छ । सम्बोधनको क्रममा pm प्रधानमन्त्री कोइरालाले माओवादीलगायत नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सङगै मिलेर काम गरिरहेको बताउनुभयो ।

साथै सम्बोधनकै क्रममा उहाँले नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डो-याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध भएको भन्दै नेपाली जनताको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका कारण सशस्त्र विद्रोहमा लागेको माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्थालाई हटाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सफलतापूर्वक स्थापना गर्न सम्भव भएको धरणा अभिव्यक्त गर्नु भएको छ ।
त्यस्तै प्रधानमन्त्री कोइरालाले अल्पविकसित र भूपरिवेष्ठित मुलुक नेपालले संस्थागत अभाव, दक्षतामा कमी, व्यापक र जटिल विकासका चुनौतीहरुको सामना गरिरहन परेको धारणा राख्दै सहयोगको लागि अपिल पनि गनु भएको छ ।