बिहिबार, बैशाख २०, २०८१

संविधानका विवादित विषयमा सहमति जुटाउन आज देखि शीर्ष नेतृत्व तहमा छलफल हुँने

काठमाडौं असोज १२, संविधानसभाको बैठकले यही असोज १४ गतेसम्म विवादित विषयमा सहमति जुटाउने समयसीमा सम्वाद समितिलाई दिए biccअनुरुप विवादित विषयमा सहमति कायम गर्नका लागि समितिले संविधान निर्माणको प्रमुख विवादित विषयको रुपमा रहेको राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा आज देखि शीर्ष नेतृत्वको तहमा विशेष छलफल सुरु गर्ने भएको छ ।

यदि यस वीचमा पनि सहमति हुन नसके असहमतिका विषयलाई असोज २१ गतेसम्म बुँदागत रुपमा प्रश्नावली तयार पार्ने अख्तियारी समेत संविधानसभाको बैठकले समितिलाइ दिएकाले शीर्ष नेतृत्व तहमा विवादित विषयमा सहमति कायम गरेर समितिको बैठकमा पेस गर्ने तयारी भइरहेको बुझिइएको छ । यसै क्रममा प्रस्तुत प्रसङमा सहमति खोज्न समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको समितिका सचिव तथा संसद सचिवालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031