शनिबार, बैशाख १५, २०८१

ब्याडमिन्टन टोली कोरिया जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौ असोज १, १७ औं एसियाली खेलकुदमा सहभागी हुने १२ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज दक्षिण कोरिया जाँदैछ । इन्चोनमा हुने thumb_asian game 2014प्रतियोगितामा पुरुष खेलाडीमा विकास श्रेष्ठ, रत्नजित तामाङ, साजनकृष्ण श्रेष्ठ र विष्णु कट्वाल तथा महिला खेलाडीमा नङ्सलदेवी तामाङ, शिक्षा श्रेष्ठ, पुनम गुरुङ र सरादेवी तामाङ छन् ।

टोलीको प्रशिक्षकमा रजनी जोशी, सुदीप योञ्जन र किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य मीन केसी छन् । असोज ४ देखि सुरु हुने ब्याडमिन्टनको प्रतिस्पर्धामा नेपाली खेलाडी सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम इभेन्टमा भाग लिने छन् ।

यसैवीच दक्षिण कोरियामा जारी एसियाली खेलकुदमा अन्य देशबाट आउने खेलाडी, प्रशिक्षक, व्यवस्थापक भाग्न सक्ने भन्दै आयोजक कमिटीले सुरक्षा व्यवस्था कडा पारेको छ । सोलस्थित नेपाली राजदूतावासका कन्सुलर राजाराम बर्तौलाका अनुसार नेपालको मात्र नभइ दक्षिण कोरिया आउने अधिकांश देशका टिमलाई गम्भीरतापूर्वक लिइएको बताउनुभयो ।

बर्तौलाले नेपालीहरुलाई कोरियाली सरकारले ठूलो सम्मानपूर्वक हेर्ने गरेको भन्दै सोही सम्मानको कदर गर्नसमेत आग्रह गर्नुभयो । इन्चोन एसियाडका ब्राण्ड एम्बेसेडरसमेत रहेका दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले
राष्ट्रको गौरव कायम राख्न खेलाडीहरुलगायत सबैलाई आग्रह गरिएको बताउनुभयो । दक्षिण कोरियामा यसअघि भएका खेलमा दर्जनौं नेपाली खेलाडीहरु प्रतियोगिताकै दौरान भागेको पाइएको छ ।