शनिबार, बैशाख १५, २०८१

व्यवस्थापिका–संसदको बैठकमा तीन विधेयक स्वीकृत

काठमाडौँ श्रावण २१ व्यवस्थापिका–संसदको आजको बैठकले बोक्सीसम्बन्धी कसूर र सजाय विधेयक २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  त्यस्तै उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पेस गर्नुभएको स्थानीय स्वायत्त biccशासन (पहिलो संशोधन) विधेयक २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ भने संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७१ र केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।