शुक्रबार, बैशाख ७, २०८१

व्यवस्थापिका संसदको बैठकमा बोक्सी सम्बन्धी विधेयकमा छलफल

काठमाडौँ श्रावण २१ असामाजिक आरोपको संस्कारलाई अन्त्य गर्न र दोषीमाथि कडा कारवाही गर्न लक्ष्य सहित महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले व्यवस्थापिका–संसदको मङगलवारको बैठकमा प्रस्तुत गर्नु भएको विद्ययेक ‘बोक्सी सम्बन्धी विधेयक, उपर छलफल 2852_123पछि सभामुख सुवास नेम्वाङले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा गणपुरक सङ्ख्याको अभावमा प्रस्तुत विद्येयक स्विकृत हुन सकेनन । प्रस्ताव पारितका लागि कम्तीमा १५१ सदस्य हुनुपर्नेमा १०५ सदस्य मात्र उपस्थित भएकाले विधेयक स्वीकृत हुन नसकेको हो ।

यस अघि विधेयक उपर भएको छलफलमा नेपाली काँग्रेसका गगन थापाले कतिपय शिक्षित व्यक्तिले पनि बोक्सीका नाममा प्रताडना दिने घटना देखिएकाले विद्यालय शिक्षाको पाठ्यक्रममा यस विषयलाई असामाजिक कार्यका रूपमा राख्नुपर्नेमा जोड दिनुभएको थियो भने एमालेका प्रकाश ज्वालाले एक्काइसौं शताब्दीमा बोक्सी वा बोक्साका आरोपमा मलमूत्र खुवाउनेजस्ता जघन्य सामाजिक अपराध हुने कार्य गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न विधेयक छिटो कार्यान्वयन गरेर शीघ्र कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताउनु भएको थियो ।  छलफलमा भाग लिएका गङ्गालाल तुलाधर, नागेन्द्र चौधरी थारू, कमलाकुमारी घिमिरे, छायाँ शर्मा, दुर्गा पौडेल, गरिमा शाह, आशा यादव, दुलानी देवी, ममता गिरी, अनारकली मियाँ, मीना यादव, बबिना मोक्तान लावती, परशुराम तामाङ लगायत पाँच दर्जन भन्दा बढि सभासदहरुले विधेयकलाई संशोधनसहित चाँडो पारित गर्नुपर्नेमा जोड दिनु भएको थियो । व्यवस्थापिका संसदका बैठक आज अपरान्ह १ बजे बस्दैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031