शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा जारी विपीका दुर्लभ तस्बिर प्रदर्शनी आजबाट समापन

प्रदर्शनीको आज अन्तिम दिन प्रदर्शनी स्थलमा काँग्रेस नेता तथा कार्यकर्ताको  घुईचो

काठमाडौ श्रावण ३० ,मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म शतवार्षिकीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालको 8 6 5आयोजना गत श्रावण २४ गते देखि साताव्यापी रुपमा राजधानीको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा कोइरालाको जन्मदेखि मृत्यु संस्कारसम्मका तस्बिरको अलावा प्रतिष्ठित कलाकर्मी किरण मानन्धर, रागिनी उपाध्याय, रमेश खनाललगायतले बिपीका सम्बन्धमा तयार गर्नुभएका कलाकृतिको प्रदर्शन गरिएको थियो ।

तस्बिर प्रदर्शनीको आज अन्तिम दिन प्रदर्शनी स्थलमा काँग्रेस नेता तथा कार्यकर्ताको निकै घुइचो लागेको थियो । यस क्रममा आमोदप्रसाद उपाध्याय, डा शेखर कोइराला, सभासद एवम काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, सभासद रञ्जीत कर्ण, लक्ष्मण बस्नेत, पूर्व उपप्रधानमन्त्री एवम् मजफो लोकतन्त्रिकका अध्यक्ष विजय गछछेदार, विपी पुत्र प्रकाश कोइराला काठमाडौं काँग्रेसका सभापति भिमसेनदास प्रधान, काँग्रेस महासमिति सदस्य लोकेश ढकाल , पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डङगोल, काँग्रेस नेत सुरेन्द्र पाण्डे लगायत थुप्रै नेताहरुको उपस्थिती रहेको मिडिया संयोजक श्रीजन झाले जानकारी दिनु भएको छ ।

त्यस्तै आजबाट राजधानीमा सञ्चालित प्रस्तुत साताव्यापी प्रदर्शनी समापन भएपनि केहिसमय पछिनै मोफसलका पोखरा , विराटनगर लगायतका १० वटा जिल्लाहरुमा आयोजन गर्ने तयारी रहेको सांस्कृतिक सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले बताउँदै प्रदर्शनी अवलोकनमा आउँनु भएका नेता तथा विभिन्न तह र तप्काका कार्यकता र सर्वसाधारणहरुले तस्विर प्रदर्शनी निकै समयसापेक्ष र ऐतिहासिक भएको प्रतिक्रिया दिन भएको बताउँनु भएको छ ।