शुक्रबार, बैशाख ७, २०८१

नवनियुक्त एआइजीहरुलाइ उच्च मनोबलका साथ काम गर्न उपप्रधानमन्त्री गौतमको निर्देशन

काठमाडौ श्रावण ३०, बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएका प्रहरी नायब महानिरीक्षक bamdaveराजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदारप्रकाश साउद, गणेशराज राई र नारायण बस्ताकोटीलाइ उपप्रधानमन्त्री वामदेव गौतमले उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ ।

आज गह मन्त्रालयमा सामूहिक रूपमा बधाइ ज्ञापन कार्यक्रमको आयोजना गदै गृहमन्त्री गौतमले देशमा शान्ति, सुरक्षा र अमनचैन बहालीका लागि नेपाल प्रहरीका कर्मचारीले उच्च मनोबलका साथ कर्तव्यपालना गर्ने विश्वास व्यक्त गर्दै यसमा पदोन्नतिप्राप्त अतिरिक्त महानिरीक्षकको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै यस्तो आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।