बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले भाद्र १ देखि बिपी विचार यात्राको आयोजना गर्ने

काठमाडौ श्रावण ३१, जननायक बिपी कोइरालाको जन्मशताब्दीका अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भाद्र १ देखि २४ गतेसम्म विराटनगरदेखि सुन्दरीजलसम्म विपी विचार यात्रा गर्ने भएको छ ।

कार्यक्रम सम्बन्धी जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विपीले प्रतिपादन गर्नुभएको सिद्धान्त, विचार र नैतिक मूल्य मान्यतालाई जनतामाझ लैजान विपी विचार यात्रा गर्न लागिएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउँनु भएको छ । मजदूर हडतालमा सहभागी हुँदा तत्कालीन सरकारले विपीसहित छजनालाई समातेर पूर्वी पहाडको बाटो हुँदै उहाँलाइ सुन्दरीजल लगेर थुनेको थियो ।  त्यस्तै यात्राको क्रममा ठाउँठाउँमा हुने समारोहमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीसहितका शीर्ष नेता, केन्द्रीय सदस्य एवम् मन्त्रीहरूको पनि सहभागीता रहने बताइएको छ ।

देशको आर्थिक विकास, जनतालाई अधिकार दिने तथा असल मानिससहितको नैतिक को आदर्श स्थापित गर्न बिपीले अघि सार्नुभएको राजतैतिक मूल्य मान्यता र विचारलाई जनतामा लैजान आवश्यक यस किसिमको यातको तय गरिएको जानकारी दिदै प्रतिष्ठानका निर्देशक एवं काँग्रेस नेता मधु आचार्यले बताउनुभयो । मोरङबाट सुरु हुने बिपी विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङगा, रामेछाप, सिन्धुली, काभ्रे भक्तपुर हुँदै काठमाडौँ पुग्नेछ । काठमाडौँ विशालनगरमा भने विचारसभा हुनेछ । भाद्र २४ मा सुन्दरीजलमा वृक्षरोपण गरी जन्मशताब्दी समारोह समापन गरिने जानकारी दिनु भएको छ ।