शनिबार, बैशाख १५, २०८१

भारतीय प्रम मोदीको सुरक्षार्थ दुई बुलेटप्रुफ कारसहित २३ जना कमाण्डो राजधानीमा , आइतबार ४:२५ मा नेपालको संसदलाई सम्बोधन गर्ने

काठमाडौं, श्रावण १६ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आईतबारबाट हुन लागेको नेपाल भ्रमणकालागी टा्रफिक प्रहरीले राजधानीमा सडक डिभाईडरकाहरु धमाधम हटाउँन सुरु गरेका छन । यस क्रममा सिहदरबारदेखि राष्ट्पति कार्यालय र संविधान सभा भवनसम्मका डिभाईडर विहीबार हटाइएको छ भने बाँकी क्षेत्रको डिभाईडर आज पनि हटाउँने क्रम जारी राखेको बुझिएको छ । ।

यसैबिच विहीबार नै मोदीको भ्रमणकालागी भनेर दुई वटा बुलेटप्रुफ कार, फ्रिक्वेन्सी जामर गाडी सहित २३ जना कमाण्डो रसियन इलुसिन जहाजबाट काठमाण्डौ ओर्लिएका छन । भारतीय प्रधानमन्त्री मोदीको सुरक्षार्थ ल्याइएको फ्रिक्वेन्सी जामर गाडीले सुरक्षा संवेदनशीलताकालागी दुई वटा बुलेटप्रुफ कारसंगै फ्रिक्वेन्सी कण्ट्रोलर एउटा जीप अनि २३ जना कमाण्डो काठमाण्डौ ओरालिएको हो । जामर गाडीका कारण भीभीआइपीको वरपर अब अरुका मोबाइलले काम गर्ने छैन । यसैबिच भारतीय नक्सलवादी र पृथकतावादी लस्करे तोइबाको थ्रेट आएपछि उहाँको लुम्बिनी र जनकपुर जाने भनिएको कार्यक्रम रद्द गरिएको बुझिएको छ ।

यसैगरी व्यवस्थापिका संसदको आज बसेको बैठकमा सभामुख सुवास नेम्वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा संसदलाई सम्बोधन गर्ने कायक्रम तय भएको जानकारी दिदै उक्त दिन पौने चार बजेभित्रै संसद भवनभित्र प्रवेश गरिसक्न सभासदहरुलाई आग्रह गर्नु भएको छ  भने  सम्बोधनको क्रममा  प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यवस्थापिका संसदको ड्यासमै राखिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा सम्बोधन गर्न जाँदा मोदीलाई राख्ने ठाउँको टुंगो लगाएको हो । रोष्ट्रम नजिकै नयाँ पोडियम बनाएर मोदीलाई राखिने कार्य व्यवस्था परामर्श समितका सदस्य प्रेमबहादुर सिंहलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।