शुक्रबार, बैशाख १४, २०८१

भारतीय प्रधानमन्त्री मोदी नेपालमा, प्रम कोइरालालाद्दारा विशेष स्वागत

काठमाडौं श्रावण १८,  भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणकालागी राजधानी आई पुगेका छन । ७५ सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै  nepal pm & india pm नेपाल भ्रमणमा आउँनु भएका भारतीय प्रम मोदीलाई विमानस्थलमा प्रधानमन्त्री सुशिल कोईरालाले स्वागत गर्नु भएको थियो ।

विमानस्थलको औपचारिक स्वागतका र्यक्रम पछि प्रधानमन्त्री मोदी हायत होटल गएका छन । त्यहाँ केहीबेर आराम र भ्रमण कार्यक्रमको व्रिफिङपछि उनले अपरान्ह संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा जाने कार्यक्रम रहेको छ। ७५ सदस्यीय टोलीसहित उनी काठमाडौं आएका हुन्।

१७ वर्षपछि भएको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सरकारले विशेष सम्मान प्रदान गरेको छ । विमानस्थलमा उनलाई नेपाली सेनाले विशेष सम्मान गारत १९ तोपको विशेष सलामी अर्पण गरेको थियो । आराम र ब्रिफिङपछि मोदी दिवाभोजमा सहभागी हुने कार्यक्रम छ। त्यसैदिन प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम छ।

राति प्रधानमन्त्री सुशील कोईरालाले मोदीको सम्मानमा सोल्टीमा विशेष रात्रीभोजको आयोजना गरेका छन्।राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबैसँग होटलमै भेटघाटको प्रबन्ध मिलाइएको छ। मोदीको भ्रमणसंगै राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ भने टाफिक व्यवस्था अस्तव्यस्त बनेको छ । मोदीको भ्रमण हुने क्षेत्रहरुमा अन्य सवारी साधनहरु पूर्ण रुपमा निषेध गरिएको छ ।