शनिबार, बैशाख ८, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै

१७ वर्षपछि हुँदै गरेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण

काठमाडौं श्रावण १८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि आज नेपाल आउनु हुने भएको छ । उहाँ विशेष विमानबाट अहिले १० : ५० बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आइपुग्नु हुने भएको छ । मोदीलाई प्रधानमन्त्री सुशील कोइरालले अति विशेष कक्षमा स्वागत गर्नुहुने भएको छ । यस्तै नेपाली सेनाले पनि modiमोदीलाई भण्डै २० मिनेटको विशेष सम्मान दिने भएको छ । त्यस पछि प्रम मोदी विमानस्थलबाट होटल हायातमा जानुहुने भएको छ ।

त्यस्तै प्रम मोदीले नेपाल भ्रमणको क्रममा   हुँने  औपचारिक भेटवार्ताको कार्यक्रम भने मध्यान्ह १२ : २५ बजेबाट सुरु गर्नुहुने बुझिएको छ । आ्रपचारिक भेठवार्ताको सुभारम्भ प्रधानमन्त्री सुशील कोइरालासँगको भेटपछि सुरु हुने बताइएको छ । यसैवीच प्रस्तु भेटवार्ताको क्रममानै दिउँसो २:३०  बजेपछि भने सिंहदरबारमा हुने विशेष छलफलमा विभिँन सन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ। त्यस पछि पनि विभिन्न् व्यक्ति विशेष सङगको भेटवार्ता र अपरान्हमा प्रम मोदीले संविधानसभालाई सम्वोधन गरेर आजै दिवा तथा रात्री भोजमा सहभागी हुनुहुने भएको छ । भोलि भने बिहान ९ बजे पशुपतिनाथ मन्दिरमा हुने विशेष पुजामा सहभागी भएपछि अन्य भेटघाटका  कार्यक्रम तय गरिएको छ ।

पशुपतिनाथ मन्दिरमा आधा घन्टाको पुजा सकेर राष्ट्रपति डाक्टर रामवरण यादव, तथा प्रमुख पार्टीका शिर्ष नेतासँग भेट गर्नुहुने भएको छ भने भोलि नै व्यापारीका समुदायलाई सम्वोधन गरेपछि साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम तय भएको छ । मोदीसँग भण्डै ७५ जनाको टोली भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १७ वर्षपछि नेपालमा भारतीय प्रधानमन्त्री को यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।