शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीद्वारा स्व.नायक श्रीकृष्णप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौ श्रावण २६, नेपाली चलचित्र जगतका उज्ज्वल नक्षत्र नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनको समाचारले आफूलाई स्तब्ध भएको Sushil_Koiralaभन्दै प्रधानमन्त्री सुशील कोइरालाले नायक श्रेष्ठको दुःखद निधन प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । त्यस्तै उहाले नायक श्रेष्ठको निधनले नेपाली चलचित्र जगतमा अपूरणीय क्षति पुगेको यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।