शुक्रबार, बैशाख १४, २०८१

पूर्व राजा ज्ञानेन्द्र शाहबाट नायक श्रेष्ठको असमायिक निधनमा दुःख व्यक्त

former-king-Gyanendra-Bir-Bikram-Shahकाठमाडौँ श्रावण २६, पूर्वराजा ज्ञानेन्द्र शाहले चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँको सचिवालयले आज जारी गरेको शोक वक्तव्यमा श्रेष्ठको निधनले नेपाली कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै उहाँको आत्माको शान्तिको कामना गरिएको छ ।  करिब दुई दशकदेखि नेपाली चलचित्रको विकासमा क्रियाशील श्रेष्ठको हाडको क्यान्सर तथा निमोनियाका कारण भारतमा उपचारको क्रममा ४७ वर्षको उमेरमा निधन भएको थियो ।