बिहिबार, बैशाख १३, २०८१

श्रीकृष्णको शव श्रद्धाञ्‍जलीका लागि केहि क्षणमात्र प्रज्ञा प्रतिष्ठानमा

श्रद्धाञ्‍जलीका लागि हजारौं नेपाली सहित सरकारका मन्त्री तथा उच्च सरकारी अधिकारी उपस्थित

  काठमाडौं श्रावण २६, भारतको दिल्लीमा शनिबार मृत्यु भएका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको शव आज साँझ विमानस्थलबाट शवयात्रा गर्दै ssअन्तिम श्रद्धाञ्‍जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्यायईको छ । श्रीकृष्णको शव एयर इन्डियाको जहाजमा बजे काठमाडौं ल्याइएको हो।

लोकप्रिय नायक श्रेष्ठ प्रति अन्तिम श्रद्धाञ्‍जलीका लागि केहिवेर नेपाल प्रज्ञा प्रतिष्ठानमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने भएको छ । नायक श्रीकृष्णलाई श्रद्धाञ्‍जली दिन तथा उनको अन्तिम संस्कारमा सरकारका मन्त्री तथा उच्च सरकारी अधिकारीको उपस्थित भएका छन । यसक्रममा उपप्रधानमन्त्री वामदेव गौतम सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादीका अध्यक्ष पुष्मकमल दाहाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, एमाले नेताहरु केशव बडाल, अमृतकुमार बोहोरा, एमाओवादी नेताहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरालगायत प्रज्ञा प्रतिष्ठानमा हजारौँ शुभेच्छुक, कलाकार र सर्वसाधारण उपस्थित भएका थिए ।