शनिबार, बैशाख १५, २०८१

नगरपालिकाको राजश्व र करका दर गााविसको भन्दा कम

भक्तपुर श्रावण १९,  नविना श्रेष्ठ /लक्ष्मी गारु  : मध्यपुर थिमि नगरपालिकाले राजश्व तथा करको दरमा बृद्धि गरेको सम्बन्धमा एमाले लगायत विभिन्न सात राजनैतिक दलहरुले विरोध गरिरहेता पनि नगरको कर भने नजिकको गाउँ विकास समितिहरुमा भन्दा कम पाइएको छ । न्युज अफ साप्ताहिकले विभिन्न गाविसको कर तथा राजश्वका दर संकलन गरी तुलना गर्दा नपाको कर तथा राजश्वका दर गाविसको भन्दा कम पाईएको हो ।

2नपाले घर जग्गा नामसारी प्रति आना २० रुपियाँ लिने गरेकोमा नगरको २३ औं परिषदले ५० रुपियाँ लिने निर्णय गरेको थियो । तर दलहरुको विरोधका कारण नपाले संशोधन गरी ३५ रुपियाँ लागु गरेको छ । सोही शीर्षकमा कटुञ्जे गाविसमा प्रति रोपनी गाविसको क र ग्रामिण क्षेत्रमा ५ सय ५ तथा ख, ग र शहरी क्षेत्रमा १ हजार ५ रुपैयाँ लिने गरेको छ । बालकोट र दधिकोट गाविसले भने प्रति आना १० रुपियाँ लिने गरेको छ । जग्गाको जोत कायम र नामसारी नपाले प्रति आना २० रुपियाँ लागु गरेको छ । कटुञ्जेले जोत कायम क र ग्रामिण क्षेत्रमा प्रति रोपनी १ हजार ५ तथा ख, ग र शहरी क्षेत्रमा २ हजार ५ रुपैयाँ लागु गरेको छ । त्यस्तै जोत नामसारी ५ सय ५ र १ हजार ५ रुपैयाँ तोकेको छ । बालकोट गाविसले जग्गा दर्ता नामसारी सिफारिस शुल्क प्रति आना २ सय रुपैयाँ लिने गरेको छ ।

चार किल्ला प्रमाणित सिफारीस दस्तुर मध्यपुरले प्रति आना १ सय बाट २ सय बनाउने निर्णय गरेपनि दलहरुकै विरोधका कारण १ सय २५ रुपियाँ कायम गरेको छ । कटुञ्जेमा सोही सिफारीसलाई ८ आना सम्मको जग्गालाई क क्षेत्रमा व्यक्तिको नामको लागि ७ सय ५ र कम्पनीको नामको लागि १ हजार ५ रुपियाँ तोकेको छ । त्यस्तै ख र ग क्षेत्रमा व्यक्तिको लागि १ हजार ५ र कम्पनीको लागि १ हजार ५ सय ५ रुपैयाँ लागु गरेको छ । ८ देखी १६ आना सम्मको जग्गालाई क क्षेत्रमा व्यक्तिको लागि १ हजार ५ र कम्पनीको लागि १ हजार ५ सय ५ रुपैयाँ तथा ख र ग क्षेत्रमा व्यक्तिका लागि १ हजार ५ सय ५ र कम्पनीको लागि २ हजार ५ रुपियाँ लिने गरेको छ । त्यस्तै १ रोपनी भन्दा माथिको जग्गालाई क क्षेत्रमा व्यक्तिलाई १ हजार ५ सय ५ र कम्पनीको लागि २ हजार ५ सय ५ तथा ख र ग क्षेत्रमा व्यक्तिलाई २ हजार ५ र कम्पनीलाई ३ हजार ५ रुपैयाँ तोकेको छ । सोही सिफारीसलाई बालकोटमा ४ आनासम्मको जग्गालाई एकमुष्ट ५ सय रुपैयाँ र ४ आना भन्दा माथिका जग्गालाई प्रति आना १ सय थप लिने गरेको पाइन्छ ।

घरबाटोको सिफारीस शुल्क नपाले २३ औं परिषदको निर्णय अनुसार प्रति आना १ सयबाट बढाएर २ सय रुपैयाँ लागु गरेको छ । प्लटिङ्ग गरीएको जग्गाको हकमा नपाले प्रति आना २ सय ५० रुपैयाँ तोकेको छ । सोही सिफारीसको कटुञ्जेमा न्यूनतम साँढे दुई आनासम्मको जग्गालाई क क्षेत्रमा ५ सय ५ तथा ख र ग क्षेत्रमा ७ सय ५ रुपैयाँ तोकेको छ । त्यस भन्दा माथि थप हुने जग्गाको हकमा प्रति आना क क्षेत्रमा २ सय ५० तथा ख र ग क्षेत्रमा ४ सय ५० रुपियाँ लिने गरेको छ । बालकोटमा घरबाटो नभएको जग्गालाई प्रति आना १ सय रुपैयाँ, गोरेटो बाटोको २ सय, कच्ची मोटरबाटोको ३ सय र पक्की मोटरबाटोको ४ सय रुपैयाँ प्रति आना तोकेको छ । अंश बण्डा प्रयोजन र गुठीका लागि भने प्रति आना २५ रुपैयाँ शुल्क लिने गरेको छ ।

घरजग्गा दर्ता सिफारिसको नपामा प्रति आना ३० रुपैयाँबाट १ सय बनाएकोमा संशोधन गरी ५० रुपैयाँ बनाएको छ भने कटुञ्जेमा प्रति रोपनी क क्षेत्रमा ३ हजार ५ तथा ख र ग क्षेत्रमा ५ हजार ५ तोकेको छ । त्यस्तै गुठी, विर्ता, राजगुठी दर्ता सिफारिस मध्यपुरमा प्रति आना १ सय रुपैयाँ छ । कटुञ्जेमा क क्षेत्रमा प्रति रोपनी ३ हजार ५ तथा ख र ग क्षेत्रमा ४ हजार ५ रुपैयाँ रहेको छ । बालकोटमा गुठी रैतानी सिफारीस शुल्क प्रति रोपनी १ हजार रुपैयाँ रहेको छ । धारा विजुली जडान सिफारीसमा नपाले २ सय रुपैयाँ तोकेको छ । सोही सिफारीसमा कटुञ्जेले २ सय ५ लिने गरेको छ । उद्योगको हकमा नपाले १ हजार सिफारीस शुल्क तोकेको छ भने कटुञ्जेमा ५ हजार ५ रुपैयाँ रहेको छ । बालकोट गाविसमा विजुली जडानका लागि सिफारिस शुल्क ३ सय रुपैयाँ लिने गरेको छ । जग्गा धनी प्रमाण पुर्जामा घर जनाउने सिफारिस शुल्क नपाले प्रतिघर ३ सय रुपैयाँ तोकेको छ भने बालकोटले प्रतिघर ५ सय लिने गरेको छ ।