शनिबार, बैशाख १५, २०८१

क्यापिटल एफ.एमका स्टेशन म्यानेजर विमलले न्यायिक छानविनका लागि महासङघमा गरे निवेदन

चरित्र हत्या गर्दै व्यक्तिगत प्रतिष्ठामा आँच पुयाएकोमा कारवाही गर्न माग

विमलकुमार थापा

काठमाडौं भाद्र ३, नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद एवम् काठमाडौ जिल्ला शाखाका पूर्व कार्यसमिति सदस्य विमलकुमार थापाले आफु स्टेशन म्यानेजरका रुपमा कार्यरत रहेको क्यापिटल एफ.एम र सोही एफ.एम.मै समाचार शाखामा कार्यरत शम्भु दङगालमाथि आफुले दुव्र्यवहार र कुटपिट गर्दै जागिरबाट निकाले का को भन्ने आशयका अनलाइन खबरहरुमा प्रकाशित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारमा उल्लेख भए अनुरुपको घटनाक्रममा कुनै सत्यता नभएको जनाउँदै उक्त कपोकल्पित समाचारको खण्डन गरेका छन ।
घटनाक्रम अनुसार स्टेशन म्यानेजर थापाले आज नेपाल पत्रकार महासङघ केन्द्रीय समितिमा प्रकाशित समाचार एवम् घटनाक्रमको निष्पक्ष छानविनका लागि निवेदन दर्ता गराउँदै प्रकाशित समाचारमा क्यापिटल एफ.एमको समाचार शाखामा कार्यरत पत्रकार शम्भु दंगालले यस अघि पदिय मर्यादा विपरितका काम कारवाही गर्दै गर्दा स्टेशन म्यानेजरका हैसियतले पटक पटक सम्झाउँदा पनि उल्टै मनपरी गाली गलौज गर्ने गरेको यर्थात्ता एफ.एम व्यवस्थापन समक्ष पदिय जिम्मेवारी अनुरुप आफुले लिखित रुपमा जानकारी गराएपश्चात निजलाइ व्यवस्थापन पक्षले निलम्बन गरेको बुझिएको छ ।
घटनाक्रम अनुसार त्यसपछि पत्रकार दंगालले नेपाल पत्रकार महासङघ केन्द्रीय कार्यालयमा एफएम व्यवस्थापन र स्टेसन म्यानेजरले आफुमाथि दुव्र्यवहार गरेको भन्ने आशयको निवेदन दर्ता गराएका थिए । यसरी महासङघमा दर्ता भएको निवेदन उपर छानविनका लागि केन्द्रीय सचिव श्री प्रभात चलाउनेको नेतृत्वमा केन्द्रीय पदाधिकारीको प्रतिनिधि मण्डल र एफएम व्यवस्थापन विच आवश्यक छलफल भइ समस्या समाधानउन्मूख रहेको अवस्थामा पत्रकार डङगालले अनावश्यकरुपमा आफ्नो नाम उछाल्दै बिषयलाई अतिरञ्जित गरी व्यक्तिगत लान्छनासहित चरित्र हत्या गर्ने जस्ता कार्य गर्दै आफ्नो व्यक्तिगत प्रतिष्ठामा समेत आँच पुयाएको स्टेशन म्यानेजर थापाले दर्ता गराएको निवेदनमा उल्लेख गरेका छन ।
त्यस्तै निवेदनमा थापाले स्वभाविक रुपमा पत्रकार महासंघ देशभरका पत्रकारहरुको साझा संगठनमा आफू लामो समयदेखि पत्रकार जिम्मेवार सदस्य रहेको प्रष्ट पार्दै निहित स्वाथमा लागेको व्यक्तिले मानमर्दन सहित चरित्र हत्या गर्न गरेको प्रयास लगायतका प्रसङगमा आवश्यक छानबिन गरी सत्यतथ्य सहित दोषीमाथि कारबाही गर्न अनुरोध गरेका छन ।