शुक्रबार, बैशाख १४, २०८१

प्रेस युनियन भक्तपुरले चरणबद्ध आन्दोलन गर्ने

  भक्तपुर भाद्र ४, प्रजातान्त्रिक पद्धतिको वकालत गर्ने नेपाल प्रेस युनियनमा पद र नामका लागि अप्रजातान्त्रिक खेल सुरु भएको भन्दै प्रेस युनियन  unionजिल्ला शाखा भक्तपुरले चरणवद्ध आन्दोलनको थालनी  गर्ने तयारी गरेको बुझिएको छ ।

२०७१ साल जेष्ठ १६ गते जिल्ला कार्य समितिको निर्णय अनुसार २०७१ साल जेष्ठ २४ गते शनिवारका दिन माननीय रामेश्वर प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा जिल्ला शाखाको अधिवेशन सम्पन्न भइ सो अधिवेशनले प्रत्यायोजित म्यान्डेट अनुसार कार्यसमिति विस्तार र महाधिवेशनका लागि प्रतिनिधि समेत चयन गरी केन्द्रीय समितिमा  बुझाइ सकेको सन्दर्भमा हालसम्म सो विषयमा केन्द्रले आधिकारीता प्रदान नगरेकाले शाखाका सदस्य सहित पदाधिकारीहरु अन्यौलमा परेका जनाइएको छ ।

यस विषयमा भक्तपुर प्रेस युनियन जिल्ला शाखाले गम्भिर आपत्ति सहित जारी प्रेस विज्ञप्तिमा युनियनका केही जिम्मेवार पदाधिकारीहरुले निजि स्वार्थ र षड्यन्त्रका कारण आज भक्तपुर युनियनलाइ गम्भीर संकटमा पार्ने खेल खेलिएको उल्लेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा आन्तरिक चलखेलका कारण पत्रकार महासङघमा  समेत युनियनको उपस्थिती कमजोर भएको अवस्थामा फेरि पनि युनियनको अस्तित्वलाइ समेत नामेट पार्ने लक्ष्य अनुरुप भक्तपुरको आधिकारिता सम्बन्धी विवादमा  बखेडा  गर्नु कुनै पनि अर्थमा न्याय सङगत नभएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा सङगठनको आधिकारिता सम्बन्धी विवादको तीन दिन भित्र निराकरण गर्दै ठोस निर्णय नदिएमा शाखाले प्रेस युनियन केन्द्र र केन्द्रका पदाधिकारी विरुद्ध चरणवद्ध आन्दोलन गर्ने खबरदारी भक्तपुर  युनियनका अध्यक्ष जगतकृष्ण प्रजापति द्दारा  हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।