शुक्रबार, बैशाख १४, २०८१

प्रकाशन तथा वितरणमा अवरोध गर्नु गलत :सञ्चार सम्वद्ध सङघसस्था

काठमाडौ भाद्र ९, नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर सङ्घ मूल एकाइ कमिटीले पाँच  interacctionदिनदेखि विभिन्न माग अगाडि सारेर कान्तिपुर र दि काठमान्डु पोस्टको नियमित प्रकाशनमा अवरोध पु¥याउँदै आएकोमा सञ्चार सम्वद्ध विभिन्न सस्थाहरु क्रमस नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घका प्रतिनिधिहरूले कान्तिपुर पब्लिकेसनका प्रकाशन तथा वितरणमा अवरोध नगर्न आग्रह गरेका छन् ।

रिपोटर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा। महेन्द्र विष्ट, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष मुरारीकुमार शर्मा क्रान्तिकारी पत्रकार महासङ्घका उपाध्यक्ष दीपक मैनाली लगायतले मजदु सङगठनको माग जायज हुँदाहुँदै प्रकाशन तथा वितरणमा अवरोध पु¥याउनु गलत भएको बताएको हो ।