मङ्लबार, बैशाख ४, २०८१

 महासङ्घद्दारा पत्रकारलाई नियुक्तिपत्र र पारिश्रमिक समयमै भुक्तानी दिन सरोकारवालाको ध्यानाकर्षण

काठमाडौ श्रावण २७, नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका समस्या र मिडिया क्षेत्रका विषयमा आज टिबीएन, मिडिया सोसाइटीसहितका fnj houseटेलिभिजन र ठूला दैनिकको व्यवस्थापन पक्षसँग छलफल गरेको छ ।छलफलमा सहभागी व्यवस्थापन पक्षसँग महासङ्घका अध्यक्ष महेन्द्र विष्टले, न्यूनतम पारिश्रमिक, समयमै पारिश्रमिक भुक्तानीका साथै श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सुविधा तत्काल उपलब्ध गराउन सम्वद्ध पक्षकोे ध्यानाकर्षण   गराउनुभएको थियो ।

त्यस क्रममा टिबीएनका अध्यक्ष आरके मानन्धरलगायतले श्रमजीवी पत्रकार ऐनका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्न कठिन भए पनि नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक र समयमै पारिश्रमिक भुक्तानीलगायत आधारभूत सुविधा तत्काल उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नु गर्दै महासङ्घले उठाएका विषयमा आफूहरू सकारात्मक रहेको बताउँदै महासङ्घ मिडिया उद्योगका समस्याको निवारणका लागि पनि सकारात्मक हुनुपर्ने बताउँभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

आजको छलफलमा छलफलमा मिडिया सोसाइटीका अध्यक्ष तथा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, टिबिएन तथा इमेज मिडियाका अध्यक्ष आरके मानन्धर, एभिन्यूजका भास्करराज कर्णिकार, अभियान दैनिकका मदन लम्साल कामना प्रकाशनका दिरेकलाल श्रेष्ठ, राजधानी दैनिकका आशिष शेरचन, हिमालय टेलिभिजनका चेङ अग्रवाल, सगरमाथा टेलिभिजनका विमल गुरुङ लगातका मिडिया व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । साथै नेपाल पत्रकार महासंघका तर्फबाट अध्यक्ष डा। महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दू, महासचिव उजिर मगर, सचिवहरू प्रभात चलाउने, संगीता खड्का, धर्मेन्द्र कर्ण र ध्रुव लम्साल, कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय सदस्य तथा प्रतिष्ठानका संयोजक सुरज आचार्यलगायतको सहभागीता रहेको थियो ।