शनिबार, बैशाख १५, २०८१

आज हरितालिका तीज, व्रतालु महिलाहरुको पशुपति लगायतका शिवालयमा घुइचो

काठमाडौ भाद्र १२, आज हरितालिका तीज । तीजको अवसरमा व्रत बसेका व्रतालु नारीहरू भगवान शिवको पूजाआजा एवम् दर्शनका लागि आज बिहानैदेखि पशुपति मन्दिर लगायतका शिव मन्दिर परिसरमा भेला भएका छन् ।

पशुपति क्षेत्र विकास कोषलले मन्दिरमा आएका व्रतालु महिलालाई व्यवस्थित ढङ्गले महादेवको दर्शन गराउँन  तीन  लाइनको व्यवस्था गरेका छन । जस अनुसार पहिलो लाइन वनकाली चार शिवालय पञ्चदेवलपूर्व बज्रघर दक्षिणढोकासम्मको लाइनलाई चौसट्ठी र वत्सलेश्वरी आर्यघाटतर्फ एक/एक लाइन गरी मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ । त्यस्तै गरी अर्को लाइन जयवागेश्वरीबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने । तेस्रो लाइन अिन्तगत मित्रपार्क गौरीघाट उमाकुण्ड दक्षिणामूर्ति रुद्रगाडेश्वर वासुकीबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।