शनिबार, बैशाख ८, २०८१

बाढी पहिरो पिडितको उद्धार, राहतका लागि प्र.म दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम जारी   

काठमाडौ भाद्र १२,    प्रधानमन्त्री सुशील कोइरालाले मुलुकका विभिन्न भागमा गएको बाढी र पहिरो  पिडितको     उद्धार, राहत र पुनःस्थापनाका लागि sushil-koiralaभारतीय दूतावास एवम् अन्य सङघसस्थाले बुझाएको सहयोग रकम बुझ्दै पिडितको सहयोगमा   कुनै कमजोरी हुन नदिइएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित एक कार्यक्रममा भारतीय दूतावास एवम् अन्य सङघसस्थाले बुझाएको सहयोग रकम बुझने क्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो् ।

 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतीय दूतावासको तर्फबाट राजदुत रञ्जीत रे ले रु चार करोड ७७ लाख ३९ हजार सहयोग प्रदान गर्नु भएको थियो भने अन्य संस्थागत सहयोग तर्फ   एपेक्स कलेजका तर्फबाट सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले प्रधानमन्त्री कोइरालालाई रु एक लाख ११ हजार १११,  र  सद्धार्थ बैंक लिमिटेडका तर्फबाट अध्यक्ष चिरञ्जीवीलाल अग्रवालले रु १० लाख, सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले रु पाँच लाख ७५ हजार र साङ्ग्रिला म्यानेजमेन्ट एण्ड होटल ट्रेनिङ सेन्टरका निरज श्रेष्ठले रु ३० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।