शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासङ्घद्वारा खेद व्यक्त

 काठमाडौं आषाढ १८, नेपाल पत्रकार महासङ्घले महासङ्घका तीन जना केन्द्रीयलगायत काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षसहित ४५ जना fnj  pressपत्रकारलाई पक्राउ गरी सात घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएकामा खेद प्रकट गरेको छ ।

महासङ्घले आज एक विज्ञप्ति प्रकाशित गरी गत साउनदेखि लागू हुनेगरी लोककल्याणकारी विज्ञापनवापतको २५ प्रतिशत वृद्धि रकम भुक्तानीको माग गर्दै हिजो अर्थ मन्त्रालयमा धर्ना बसेका महासङ्घका केन्द्रीय सदस्यत्रय ईश्वरी वाग्ले, रामहरि सिलवाल र राजु लामालगायत काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षसहित ४५ जना पत्रकारलाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ ।

सो सम्बन्धमा महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, महासचिव उजिर मगर, सचिव सङ्गीता खड्कालगायतको टोलीले हिजै सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल र अर्थमन्त्री डा.रामशरण महतसँगसमेत छलफल गरी उक्त रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ।  त्यस्तै विज्ञप्तिमा विज्ञापनवापतको वृद्धि रकम भक्तानीका विषयमा सञ्चार मन्त्री र अर्थ मन्त्रीले सकारात्मक धारणा व्यक्त भएको र त्यसलाई तत्काल कार्यान्वयनको माग समेत गरिएको छ ।