शुक्रबार, बैशाख ७, २०८१

महासङ्घद्धारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

 काठमाडौँ आषाढ १९, नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन,२०५१ को व्यावहारिक र वस्तुनिष्ठ कार्यान्वयन हुनुपर्ने माग पुनः दोहो-याएको छ । महासचिव उजिर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा ऐन कार्यान्वयनमा आएको लामो समय भइसक्दासमेत त्यसको व्यावहारिक fnjकार्यान्वयन हुन नसक्नु दुखद् भएको भन्दै पहिलो चरणमा यही असार समान्तभित्र सेवा, शर्त, सुविधा खुलेको पारिश्रमिक र विगतदेखि भुक्तानी बाँकी रहेको पारिश्रमिकको व्यवस्था गर्न आग्रह गरिएको छ ।

यस्तै सम्पूर्ण पत्रकारको बिमा व्यवस्था तत्काल लागू गर्नुपर्ने, द्वन्द्वपीडित पत्रकार कल्याण कोषको कार्यान्वयन र पत्रकारको व्यावसायिक दक्षता अभिवृद्धिका लागि आगामी आर्थिक वर्षभित्रै राष्ट्रिय तहको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याउन र सो को लागि वार्षिक बजेटमा नै रकमको व्यवस्था गर्न आग्रह गरिएको छ ।

त्यस्तै महासङ्घले वर्गीकरणमा परेका सञ्चार माध्यमहरूलाई गत साउनदेखि लागू हुनेगरी वृद्धि गरिएको २५ प्रतिशत रकम हालसम्म पनि उपलब्ध नभएकोमा खेद प्रकट गर्दै तत्काल भुक्तानीको व्यवस्था मिलाउन र नयाँ वर्गीकरणमा परेका पत्रपत्रिकालाई आगामी आर्थिक वर्षको सुरुदेखि नै सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु