शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका पत्रकार वृत आन्दोलित,अर्थ मन्त्रालयमा धर्ना दिन गएका तीन दर्जन पत्रकार पक्राउ

काठमाडौं आषाढ १७, लोक कल्याणकारी विज्ञापन बापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा आज अर्थ मन्त्रालयमा धर्ना दिन गएका तीन दर्जन भन्दा बढि पत्रकार लाइ पक्राउ गरेका छन् । सरकारले गत आर्थिक Pra_-2वर्षमा सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन मार्फत हाल उपलब्ध गराउँदै आएको रकममा २५ प्रतिशत रकम वृद्धि गर्ने निर्णय गरे पनि सरोकारवाला मन्त्रालयको आलटाले प्रवृतिका कारण निर्णय भएको एक वर्ष पुग्दा समेत उक्त निर्णय कार्यान्वयन नभएको भन्दै पत्रकार वृत आन्दोलित भएको हो ।

काठमाडौं पत्रकार महासङघको अगुवाइमा यसअघि पनि पटक पटक सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, सुचना विभाग लगायतका सम्वन्धित सरोकारवाला निकायहरुमा निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षष गराउदै आएका थिए । तैपनि सरकारले निर्णय कार्यान्वयन तर्फ चासो देखाएन । अर्थ मन्त्रालय र सञ्चारमन्त्रालयले एकले अर्को मन्त्रालयलाई देखाउदै निर्णय कार्यान्वयनमा आलटाल गरेपछि नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको महासङघ काठमाडौंद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा उपत्यकाका तिन वटै जिल्लाले संयुक्त रुपमा असार १६ गतेवाट शुरु गरेको शान्तिपूर्ण आन्दोलनको दोस्रो दिन आज अर्थमन्त्रालय पुगेका पत्रकारहरुलाई सरकारले प्रहरी लगाई धरपकड गर्नु आफैमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथी हस्तक्षेप भएको भन्दै सरकारले  गरेको धरपकड र गिरफतारीको घोर भत्र्सना सहित महासङघ काठमाडौंले सरकारले ब्यवस्थापिका संसदमा दर्ता गरेको अदालतको अपहेलनासम्वन्धी विधेयकको खारेजी, समानुपातिक विज्ञापन  एवम् न्यूनतम पारिश्रमीक नितिको कार्यान्वयन गर्न पनि माग गरेको छ ।

साथै प्रस्तावित मुद्धा  सम्बोधनका लागि हुने आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाउन शाखाआवद्ध सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेका छन । यसैवीच प्रहरीले आज पक्राउ गरि सिंहदरवारस्थित महानगरिय प्रहरी वृत्तमा पुयाइएका पत्रकारमाझ पुगेर नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष खिलवहादुर भण्डारी, महासचिव उजिर मग��, लोकतान्त्रिक छापा सञ्चारमाध्यमका अध्यक्ष दामोदरप्रसाद ढवाडी लगायतका सञ्चारसँग सम्वन्धित संघ÷सस्थाका प्रतिनिधीले भेटी आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको छ भने प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले मंगलबार नै विज्ञप्ती जारी गदै पक्राउ परेका पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।