शुक्रबार, बैशाख १४, २०८१

संवैधानिक राजनीतिक समितिको बैठकमा तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने सहमति

काठमाडौं श्रावण ८, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आज बसेको ब्रठकले तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने सम्बन्धमा पहिलो संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ भने १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने प्रावधानलाइ पनि  स्विकार गरेको छ ।
Nepal
एमाओवादीका अध्यक्ष एवम् सभास पुष्पकमल दाहाल त्यस्तै गरि नेकपा एमालको वरिष्ड नेता माधवकुमार नेपाल, सभासद्हरु रामचन्द्र पौडेल, कमल थापा, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, गोकर्ण विष्टलगायतको उपस्थिती रहेको आजको बैठकमा आज बुँदा नम्बर १२ देखि ४८ सम्म भएको छलफलमा प्रत्येक सदनमा कति सदस्य हुने, माथिल्लो सदनमा कस्तो प्रतिनिधित्व हुने,  कार्यकारी राष्ट्रपतिसहितको एक सदनात्मक व्यवस्थापिका रहने वा नरहने प्रदेश व्यवस्थापिकामा सदस्य सङ्ख्या कति हुने लगायतका विषयमा सहमतिका लागि सैद्धान्तिक रुपमा आफ्ना धारणा राखेका थिए ।