शुक्रबार, चैत्र १६, २०८०

आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगन, महत्वपूर्ण राजनीतिक एजेन्दा प्रभावित

काठमाडौं श्रावण ८, क्यान्सरको उपचार गराएर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री सुशील कोइरालालाइ उपचारका क्रममा रेडियोथेरापी दिएको कारण अझै केही दिन cabinate-photoआराम गर्न चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएको बुझिएको छ । उपचार लगत्तै भेटघाट र दौड धुप गर्दाइन्फेक्सन भई रोग बल्झिन सक्ने भन्दै उनिहरुले यस्तो परामश दिएको बुझिएको छ ।

आराम गर्नुपर्ने भएकैले प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किए लगत्तै हुने भनिएको २६ सभासदको मनोनयन लगायतका महत्वपूर्ण राजनीतिक गतिरोध, बढुवा लगायतका विषयहरु स्वभाविकरुपमा प्रभावित हुने भएका छन । त्यस्तै मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकसमेत यसपल्ट नहुने भएको छ । बैठक अझै केही दिन नबस्ने बालुवाटार स्रोतले जनाएको छ । । मन्त्रिपरिषद् बैठक नबस्दा लामो समयदेखि थाती रहेका ७ डीआईजीको एआईजीमा बढुवा, राजदूत नियुक्ति, ७ सचिवको पदोन्नतिजस्ता निर्णय पछाडि धकेलिने भएको छ । सात सचिवको बढुवा नहुँदै बिहीबारदेखि थप १२ मन्त्रालय र निकाय प्रशासनिक नेतृत्वविहीन हुँदैछन् ।