बिहिबार, बैशाख १३, २०८१

तीनदिने औपचारिक भ्रमणका लागि भारतीय विदेशमन्त्री स्वराज शुक्रवार नेपाल आउँदै

काठमाडौँ श्रावण ८, भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रवार अपराह्न नेपाल आइपुग्ने भएको छ । दुइदशक भन्दा लामो sorajसमय पछि हुन गइरहेको नेपाल र भारतबीचको मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री स्वराज नेपाल आउँन लाग्नु भएको हो । नेपाल र भारतबीचको सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउँनुको अलावा शनिबार राजधानीमा हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा स्वराजले भारतीय पक्षको नेतृत्व गर्ने बताइएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा नेपाल र भारतबीच जलस्रोत, आर्थिक सहयोग, व्यापार तथा पारवाहन, सीमा व्यवस्थापन र सुपुदर्गी सन्धीको विषयमा पनि छलफल हुने समाचारस्रोतले जनाएको छ । बैठकमा सुपुदर्गी सन्धी र सीमा नक्साको विषयमा पनि छलफल हुने बताइएको छ ।