शुक्रबार, बैशाख १४, २०८१

विवादित प्रसङगमा समाधानसहितको सहमति खोज्न कार्यदल गठन

काठमाडौं श्रावण १४, संवैधानिक राजनीतिक संवाद सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको आजको बैठकले राज्य पुर्नसंरचना बाहेकका biccबिषयमा समाधानसहितको सहमति खोज्न आठ सदस्यीय कार्यदल गठन गरेको छ । बैठक द्दर गठित कार्यदलमा लक्ष्मणलाल कर्ण, प्रेमबहादुर सिंह, केशब वडाल, अर्जुन नरसिंह केसी, दिलनाथ गिरी, लक्ष्मणराज वंशी, शिवकुमार मण्डल र डिम्पलकुमार झा रहेका छन्। प्रस्तुत कार्यदललाइ समाधान सहितको सहमति खोजेर प्रतिवेदन पेस गर्न श्रावण २० गतेसम्मको समयसिमा दिइएको छ ।
त्यस्तै आजकै बैठकमा वार्ता उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पूर्वी पहाडमा रहेका विद्रोही समूहसंग गत ११ र १२ गते भएको वार्ताको बारेमा जानकारी दिदै सातवटा विद्रोही समूहसङग भएको प्रारम्भिक वार्ता सकारात्मक भएको जानकारी दिनु भएको थियो ।