शनिबार, बैशाख १५, २०८१

यस्तो छ पूर्वयुवराज पारस शाहको नयाँ छाँयाछवी

काठमाडौ श्रावण १३, बैंककबाट नेपाल फर्किने तयारीमा रहेका पुर्व युवराज पारश शाह चिन्नै नसकिने भएका छन । पूर्वयुवराज पारस शाह नेपाल फर्कने तयारीमा रहेको paras-shaya-1हल्ला चलिरहेका बेला उनको पछिल्ला तस्वीरहरु सामाजिक सञ्चालमार्फत् सार्वजनिक भएका छन् ।

लामो समयदेखि बैंककमा रहेका उनले सोमबार बैंकक स्थित शिव मन्दिरमा पुजाअर्चना गर्दै गरेका पूर्वयुवराज शाहको तस्विर एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले आफ्नो फेसबुकबाट सार्वजनिक भएको हो ।  सार्वजनिक भएको तस्वीरमा पारस दुब्लाएको देखिएको छ भने कपाल निकै लामो देखिएको छ । यस्तै, पारसले ‘नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित प्रार्थना’ गरेको पनि अधिकारीको फेसबुकमा उल्लेख छ ।

श्री ५ युवराजाधिराज पारस वीर बिक्रम शाह देव सरकार हिजाे बैंकक स्थित शिव मन्दिरमा सवारी हाेईबक्सी पवित्र श्रावण महिनाकाे साेमबार आराध्य देव भगवान् शिव मा जल चढाईबक्स्याे।साथै नेपाल र नेपाली काे सुख शान्ति र समृद्धि काे कामना सहित प्राथना गरिब्कस्याे। 

(पूर्वयुवराज पारसले ‘नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित प्रार्थना’ गर्दै लेखेको status)

p-2