मङ्लबार, बैशाख ४, २०८१

बौद्ध गुरु श्यामर रिन्पोचेको शव राजधानी ल्याइयो

काठमाडौ श्रावण १३, गत ज्येष्ठ २८ गते  हृदयाघातका कारण जर्मनीमा निधन भएका बौद्ध गुरु श्यामर रिन्पोचेको मृत शरीर जर्मनीबाट भूटान र भुटानबट अन्तिम संस्कारका लागि आज राजधानीमा ल्याईएको छ । बौद्ध गुरुको शव ल्याउँदै गर्दा त्रिभुवन बिमानस्थलमा हजारौ अनुयायी जम्मा भएका थिए ।

shamar_rinpoche_1-300x289उनको शव राजधानीमा ल्याउँने सम्बन्धमा आज बिहान मन्त्रिपरिषदको बैठकले अनुमति दिदै नितिगत निर्ण य गरे पछि रिन्पोचेको शवलाई राजधानी  ल्याइएको हो ।

बुद्धको जन्मस्थल नेपालमा आफ्नो अन्तिम संस्कार गरियोस् भन्ने रिम्पोछेको इच्छाअनुसार बौद्ध धर्मावलम्बीले रिम्पोछेको शव नेपाल ल्याउन माग गर्दै आएको थिए । विदेशी नागरिकको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्न दिएको यो पहिलोपटक हो । बौद्ध धर्मावलम्बीको भावनाको सम्मान र रिम्पोछेले धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको  सम्मान गर्दै सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।   नेपालमा विदेशीको शव ल्याएर अन्तिम संस्कार गर्न दिने कुनै नीति नियम छैन ।

रिम्पोछे भुटानी नागरिक हुन् ।  त्यस्तै बौद्ध धर्मावलम्बीहरूले अमिताभ बुद्धको अवतार मान्दै आएका रिन्पोचेको शव बिमानस्थलबाट सिधै रानीवनस्थित शरमिनाभ गुम्बा लगिएको छ भने दुई दिन पछि अन्तिम श्रद्धान्जली सहित अन्त्येष्टी गरिने बताइएको छ ।