शुक्रबार, बैशाख १४, २०८१

लोकतान्त्रिक संविधान जारी गर्न सरकार अर्जुन दृष्टि सहित लागि परेको छ : उपप्रम सिंह

भक्तपुर श्रावण १०, बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिद्दारा आयोजित कायक्रमलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री dpm 2प्रकाशमान सिंहले आगामी छ महिनाभित्र लिखित संविधान जारी हुने बताउनुभएको छ ।

त्यस्तै उहाँले पहिलो संविधानसभाले त्यसवेला सिर्जित यावत व्यवधानका कारण संविधान बनाउन नसकेको बताउँदै अब छ महिनाभित्र लिखित लोकतान्त्रिक संविधान जारीगर्ने तर्फ सरकार अर्जुन दृष्टि सहित लागि परेको बताउँनु भएको छ । सम्बोधनको क्रममा उपप्रधानमन्त्री सिहंले मुलुकमा प्रजातन्त्र स्थापनको लागि विपी कोइरालाले निर्वाह गर्नु भएको भूमिका स्मरणीय रहेको भन्दै बिपीकै नेतृत्वमा काँग्रेसले विसं २०१४ को आन्दोलनमा भद्र अवज्ञा गरेर संविधानसभाको माग गरेको चर्चा गर्नु भएको थियो ।

dpm 1प्रस्तुत कायक्रम भक्तपुर काँग्रेसका सभापति गणेशमान चक्रधरको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेसका जिल्ला प्रवक्ता प्रवीण वन, बागेश्वरी गाउँ अध्यक्ष यादव अधिकारीलगायतले बोल्नु भएको थियो । त्यस अवसरमा रक्तदान एवम् स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । तस्विर: युपी