शुक्रबार, चैत्र १६, २०८०

नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक आजबाट सुरु

Nepal-India-flageकाठमाडौँ श्रावण १०, २३ वर्षपछि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक राजधानीमा आजदेखि सुरु भएको छ ।  बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजले गर्नु हुने जनाकारी दिदै राजनीतिक, सुरक्षा, सिमाना र सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार व्यापार एवम् पारवहन, व्यापार सहजीकरण ऊर्जा तथा जलस्रोत, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर विकास परियोजनालगायत सबै विषयमा गहन विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।